मनसुनको न्यूनचापीय रेखा भारत नजिक, दुई प्रदेशमा भारी वर्षाको आँकलन
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छिन् ।
उनका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एक-दुई स्थान र राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको पूर्वानुमान् गरिएको छ ।
न्यूनचापीय रेखा अहिले भारत नजिक रहेकाले नेपालका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना रहेको मानन्धरले जानकारी दिइन् । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया