बृजेश गुप्ता जनता प्रगतिशील छोडेर एमालेतिर
काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका नेता बृजेशकुमार गुप्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
पूर्वमन्त्री तथा सांसद गुप्तासहित सोही पार्टीका प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव पनि एमालेमा प्रवेश गरेका छन् ।

यस्तै, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता–कार्यकर्तासमेत एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्वागत एमालेमा स्वागत गरेका थिए ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया