रवि लामिछाने भन्छन्- गृहमन्त्री ज्यू, ठुलै गडबड छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललिता जिवास जग्गा प्रकरणको फाइल अपुरो रहेको टिप्पणी गरेका छन् ।
समाजिक सञ्जाल फेशबुकमा प्रतिनिधिसभा सदस्य समेत रहेका उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले यस प्रकरणमा निर्णयकर्ता सबैको बयान बिनाको अपुरो अधुरो फाइल पेश नगरोस् भनेर भनेका छन् ।
‘सीआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ, ठुलै गडबड छ,’ उनले लेखेका छन् ।
सिआइबीले बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।
यसबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको सिआइबीले आज प्रतिवेदन बुझाउने तयारी गरेको स्रोतले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार प्रतिवेदन बुझाउन भनेकोमा दुई दिन ढिलो गरी आज बुझाउन लागिएको हो ।
सर्वोच्च अदालतले यो प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाललगायत व्यक्तिमाथि समेत अनुसन्धान गर्न आदेश दिएको थियो ।
यो जग्गा व्यक्तिको नाममा लैजान नीतिगत निर्णय गर्ने सबैमाथि अनुसन्धान हुनुपर्ने ठम्याइ अदालतको थियो । तर उनीहरूसँग औपचारिक बयान नलिई प्रतिवेदन तयार गरिएको छ ।
सर्वोच्चको आदेशविपरीत यो प्रकरणको नीतिगत निर्णय प्रक्रियामा सामेलसँग बयान नलिएपछि आलोचना भइरहेको छ ।
त्यस्तै, यो प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको समेत संलग्नता देखिएको सिआइबीको अघिल्लो प्रतिवेदनमा औंल्याइएको छ । तर यस पटक देउवाको संलग्न रहेको यो पाटो पूर्णतः छायामा पर्यो ।
सिआइबीले गरेको अनुसन्धानबाट ०४९ देखि ०७० सालसम्म गरेर पाँच पटक बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया