राष्ट्रिय दलका शीर्ष नेताको बैठक सुरु
काठमाडौं । राष्ट्रिय दलको मान्यता पाएका ७ दलका नेताहरुको बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो ।
संसदको गतिरोध अन्त्य र जनताका दैनिक समस्याबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मान्यता पाएका दललाई बैठकमा बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री दाहाल, उप प्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी जनमत पार्टीकी सचिव अनितादेवी साह, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत पनि बैठकमा उपस्थित छन् ।
एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया