कांग्रेस महामन्त्री थापाले भने- सबै प्रकरणका फाइल खुल्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बर्तमान सरकारप्रति केहि आशा जागेको बताएका छन् ।
थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताएका हुन् ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महाममन्त्री थापाले देशलाई हानि पु¥याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताए ।
उनले विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले ठुला काण्डहरू शीर्ष नेताहरूकै कारण सामसुम पार्न खोजेको भन्दै आपत्ति पनि जनाए ।
‘तेरो र मेरो कुरा मिलेन भने खोलिदिने हो । एउटाले भन्छ– म सुन काण्डको छानबिन गर्छु । अर्कोले भन्छ–ठुलो कुरा गर्छस् । गिरिबन्धु टिस्ट्रेटको फाइल खोल्दिऔँ भन्छ । गिरिबन्धुको फाइल खोलियो भने म तेरो शिविरको खोली दिन्छु । त्यसपछि अर्कोले भन्छ । कोही पनि नखोलौँ । त्यो पाइन्छ ?,’ उनले प्रश्न गरे ।
यति–ओम्नी, सुन काण्ड, ललिता निवास प्रकरण, गिरीबन्धु टिस्ट्रेट प्रकरणका विषयमा छानबिन हुनुपर्ने पक्षमा कांग्रेस उभिनुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया