समाजवादी मोर्चाको बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज सोमबार बिहान बस्ने भएको छ ।
आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७ः३० बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ । यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया