सबै प्रदेशमा घोषणासभा गर्ने समाजवादी मोर्चाको निर्णय, कुन प्रदेशमा कहिले ?
काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने भएको छ ।
मोर्चाको सोमबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए ।
उनका अनुसार ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरिएको हो । यस्तै बैठकले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया