अबको केही दिन मौसम बदली
काठमाडाैं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ ।
केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र सबैभन्दा बढी र नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
ताजा अपडेट
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति


प्रतिक्रिया