मन्त्री किरातीका बुवा हर्कबहादुर राईलाई प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली
काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य मन्त्रीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्।
मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका हुन्।
हर्कबहादुरको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।
शवलाई हर्कबहादुरकै इच्छा अनुसार भोजपुर लगिने भएको छ । हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी भइरहेको तर, पानी परिरहेकोले शव गाउँ लैजान ढिला भइरहेको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया