स्व.जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

काठमाडौं । सरकारले राजनीतिक परिवर्तनमा गीत सङ्गीतका माध्यमबाट सहयोग पुर्याएका स्व.जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने भएको छ ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु कालजयी छन् ।
२०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका जेबी टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया