सिडिओ नै ‘फरार’ !
काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ) नै फरार ! सुन्दा आश्चर्य र कौतुहलपूर्ण लाग्न सक्छ । तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक बहालवाला सिडिओलाई फरार सूचीमा राखेको छ ।
ललितानिवास जग्गा प्रकरणमा जोडिएका दाङका सिडिओ सुशील वैद्यलाई सिआइबीले फरार सूचीमा राखेको हो । वैद्य ०७० मा काठमाडौंका भूमिसुधार अधिकारी थिए । उक्त जिम्मेवारीमा छँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको आरोप उनीमाथि छ । सिआइबीले फरार सूचीमा राखे पनि उनी सेवामा छन् ।
बालुवाटार जग्गा प्रकरणमा २३८ प्रतिवादीसँग ७६ अर्ब १६ करोड पाँच लाख ५२ हजार र मृत्यु भइसकेका २१ प्रतिवादीका परिवारबाट १५ अर्ब ६३ करोड ४९ लाख १४ हजार बिगो दाबी गर्न सिफारिस गरेको सिआइबीले बहाल अवस्थामा भए पनि सिडिओ वैद्यसँग अहिलेसम्म बयान भने लिएको छैन । सिआइबीले उनीसँग १ करोड ८ लाख ७९ हजार ३१० रूपैयाँ कायम गरी उनीविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरेको छ । उनलाई संगठित अपराध र कीर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, दाङका अनुसार, आफूविरुद्ध मुद्दा चलाउने तयारी अघि बढाइएको थाहा पाएपछि उनी बिदामा बसेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया