डोनाल्ड ट्रम्पद्वारा फुल्टन काउन्टी जेलमा आत्मसमर्पण, २ लाख डलरको जमानतमा रिहा
काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । त्यहाँको छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भएको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । काउन्टी जेलमा पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) लिइएको थियो भने उनको मगसट (अनुहारको तस्बिर) पनि खिचिएको थियो। लगत्तै उक्त फोटो सार्वजनिक पनि गरियो।
जेलमा छोटो प्रक्रिया सकेर रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए। त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए। उनको विमानबाहिर पर्खिरहेका पत्रकारहरूलाई उनले भने, ‘मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ।’
ट्रम्पको यो चौथो आपराधिक मुद्दा हो । उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया