संसदीय समितिको सभापतिमा निषेध भएको रास्वपाले छलफल गर्न बोलायो दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ ।
बैठक शुक्रबार (आज) बेलुका ५ बजे बोलाइएको सचेतक निशा डाँगीले जानकारी दिइन् ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको हो । बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ ।
संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिन बैठक बोलाइएको जनाइएको छ ।
संसदको चौथो ठुलो दल रास्वपालाई संसदीय समितिको नेतृत्वमा भने निषेध गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले भागबण्डा गर्दा अन्य दललाई भने समितिको नेतृत्वमा बाइपास गरिएको छ ।
संघीय संसदमा १३ वटा राजनीतिक दलको प्रतिनिधित्व छ भने १२ वटा विषयगत समितिको नेतृत्व रिक्त छ ।
यसअघिको सहमतीअनुसार नेपाली कांग्रेसले ४ वटा, नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीले १/१ वटा विषयगत समितिको सभापति लिने छन् ।
संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदै छ । चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया