कांग्रेसबाट समिति सभापतिका उम्मेदवार: कृषिमा आरजु राणा, अरुमा को ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो भागमा परेका ४ वटा संसदीय समितिको सभापतिका लागि उम्मेदवारको नाम तोकेको छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्ता गठबन्धनले भागबण्डा गर्दै समितिको नेतृत्वमा सहमती जनाएका थिए ।
कांग्रेसको भागमा राज्य व्यवस्था, संसदीय सुनुवाइ, कृषि, र अर्थ समिति परेका थिए ।
राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।
संसदीय सुनुवाई समितिका विषयमा अहिले छलफल भइरहेको छ । यो समितिले गठबन्धनले राप्रपालाई दिन लागेको जनाइएको छ ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गर्दा रास्वपा र राप्रपालाई निषेध गरिएको छ ।
रास्वपाले पनि समिति सभापतिमा उम्मेदवारी दिने विषयमा छलफल भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया