ललिता निवास प्रकरणमा २९० विरूद्ध मुद्दा दर्ता, को को थपिए ?
काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दुई सय ९०जना विरूद्ध मुद्दा दायर गरेको छ ।
यसबारेमा विस्तृतमा अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २८६ लाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन पेश गरेको थियो ।
यही रायमाथी जिल्ला सरकारी वकिालको कार्यालय काठमाडौंले केही थपघट गरेको छ ।
सरकारी वकिल महेशप्रसाद खत्रीका अनुसार सचिव कृष्णबहादुर राउतसहित जग्गा फिर्ता गर्छु भनेर निवेदश पेश गर्नेविरूद्ध पनि मुद्दा दायर भएको छ ।
ब्यूरोले सचिव राउतलाई मुद्दा दर्ता गर्नुनपर्ने राय दिएको थियो । तर टिप्पणीमा दस्तखत भएकाले राउतविरूद्ध पनि जग्गा किर्ते अभियोगमा मुद्दा दायर गर्ने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
त्यस्तै ब्यूरोले प्रतिवादी बनाउनका लागि सिफारिस गरेको पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाहविरूद्ध भने मुद्दा दायर नहुने भएको छ । खत्रीका अनुसार उनले जग्गा किर्ते सम्बन्धी कुनै पनि टिप्पणी उठाउने र दस्तखत गरेको भेटिएन । प्रमाण नभेटिएपछि उनीविरूद्ध मुद्धा दायर नहुने भएको खत्रीले बताए ।
यो प्रकरणमा संगठित अपराधमा भने मुद्दा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालयले सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्रै मुद्दा दायर गरेको खत्रीले जानकारी दिए । ब्यूरोले यो प्रकरणमा संगठित अपराधमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया