इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघले गर्यो प्रदर्शन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्ध प्रदर्शन गरेको छ ।
आइतबार बिहान १० बजे नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लाकार्डसहित नाराबाजी गर्दै बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका थिए ।
तर उनीहरूलाई प्रहरीले भाटभटेनी मै रोकेको थियो । त्यसक्रममा केहिबेर प्रहरी र विद्यार्थीहरू बीच घम्साघम्सी समेत भएको थियो ।
सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने नेविसंघको माग छ ।
यस्तै त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ । प्रदर्शनका क्रमममा विद्यार्थीहरूले आइओई का डीनको राजिनामा समेत माग गरेका छन् ।
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पु¥याइएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया