पहिरोले दोलखाका चार घरमा क्षति

दोलखा । दोलखामा पहिरोले चार घरमा क्षति पु-याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पु-याएको हो ।
पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए। पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पु-याएको हो ।
पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उनले बताए । इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशंकर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया