ओलीले भने- विद्या भण्डारीलाई एमालेमा सधैं वेलकम छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा आएर राजनीति गर्न नरोकिएको बताएका छन् ।
विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीले राजनीति गर्छु भन्दा रोक्ने को हुन्छ, कसले रोक्छ ? कसरी रोक्छ ?’ भन्ने प्रश्न गरे ।
उनले आफ्नो पार्टीले भण्डारीलाई निषेध नगर्ने बताए । ‘उहाँ आएर राम्रो नेतृत्व दिनुभयो भने ठिक छ तर उहाँ आउँछु त भन्नुप¥यो नि ! उहाँलाई सधैँ वेलकम छ,’ ओलीले भने ।
यसअघि अध्यक्ष ओलीले पूर्व एमाले उपाध्यक्ष समेत रहेकी भण्डारी राष्ट्रपति भैसकेको व्यक्ति सम्मानित भएर बस्नु नै उपयुक्त हुने बताउदै आएका थिए ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया