आइपिएलमा दाइले आफ्नै भाइको विकेट लिएपछि …
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा खेलमा गुजरातले लखनउ सुपर जायन्टस्लाई २ बल बाँकी छँदै ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको लखनउले १५९ रनको टार्गेट दिएको थियो । अन्तिम ओभरको चौथो बलमा गुजरातले १६१ रन बनाउँदै जित पहिलो जित दर्ता गर्यो । यी दुवै टिम आइपिएलमा यसपटक नयाँ टोली हुन् ।
गुजरातलाई जिताउन राहुल टेबाटियाले ४०, हार्दिक पाण्ड्याले ३३, डेभिड मिलरले ३० र म्याथ्यु वाडेले ३० रनकै योगदान दिए ।
गुजरातलाई औस लक्ष्य दिने क्रममा लखनउका लागि दीपक हुडाले ५५, आयुश बोदोनीले ५४ रनको योगदान दिए ।
दाजुभाइको भिडन्त
हार्दिक पाण्ड्या र क्रुनाल पाण्डे दाजुभाइ हुन् । भारतीय राष्ट्रिय टिमबाट खेल्ने यी दाजुभाइ सोमबार भएको आइपिएल खेलमा दुई अलगअलग टिममा थिए । क्रुनाल पाण्डे दाजु हुन् । हार्दिक भाइ हुन् ।
सोमबार दाइ क्रुनाल लखनउबाट खेलेका थिए । लखनउबाट बलिङ गर्ने क्रममा क्रुनालले भाइ हार्दिक पाण्डेको विकेट लिएका थिए । १०.१ ओभरमा क्रुनालले हार्दिकलाई मनिष पाण्डेमार्फत क्याचआउट गराएका हुन् । आउट हुनु अघि गुराजतका कप्तानसमेत रहेका हार्दिकले २८ बलमा ३३ रन बनाएका थिए ।
भाइको विकेट लिएपछि क्रुनालले खुशीयाली भने मनाएनन् । मुख छोपेर हाँसिरहेका उनलाई सहकर्मीहरूले घेरा हाल्दै विकेटको रमाइलो सेलिब्रेसन गरेका थिए । क्रुनालले विकेट लिए पनि भाइ पाण्डेको टिमले म्याच जितेको थियो । क्रुनालले पनि १३ बलमा लखनउका लागि नटआउट २१ रन बनाएका थिए ।
आइपिएलमा सनरैजर्स हैदरावाद र राजस्थान रोयलबीच प्रतिस्पर्धा हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया