फोहर संकलन गर्न ‘गारवेज ट्रक’
गोलबजार । सिराहको लहान नगरपालिकाले फोहर संकलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर संकलन गर्न थालिएको जानकारी दिए । फोहर संकलन गर्न ट्रयाक्टर भन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा संकलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर संकलन गरिने उनले बताए । नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर संकलनका लागि ट्रक जान सक्ने बताए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया