शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण: सीआइबीले बुझायो सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोप हालसम्म ८ जनामाथि सीआइबीले अनुसन्धान गरिरहेको छ ।
मंगलबार भने सीआइबीले ६ जनामाथिको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।
ब्यूरोले यस प्रकरणमा रामबाबु यादव, रञ्जित यादव, एलिना साह, अमित चौधरी, मनित चौधरी र श्रद्धा शिल्पकारमाथीको अनुसन्धान सकेको हो ।
सीआइबीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोजन पत्र बनाएर अदालतमा मुद्दा दायर गर्ने छ ।
यहि प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि पक्राउ परेका थिए । तर उनी केहि दिनमै रिहा भएका थिए । तर उनीमाथि अनुसन्धान भने जारी छ ।
सीआइबीकाअनुसार उनको शैक्षिक प्रमाण पत्र भारतको छ । त्यसमा अनुसन्धान गर्न समय लाग्ने जनाइएको छ ।
यहि मुद्धामा अर्का एक जना पक्राउ परेका छन् । उनलाई सीआइबीले ४ दिन अघि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । उनि नखिन अख्तर रहेको जनाइएको छ ।
प्रतिक्रिया