विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमा नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा नरहेकाे दुर्गा मावि प्रावि तिप्ला नामको विद्यालयको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको आरोपमा जिल्ला प्राविधिक कार्यालय दुनैक तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढामाथि आज विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरिएको हो।


प्रतिक्रिया