NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

लुम्बिनीमा समाजवादी मोर्चा घोषणा

लुम्बिनी । लुम्बिनी प्रदेशमा समाजवादी मोर्चा घोषणा गरिएको छ ।

मङ्गलबार बुटवलमा आयोजना गरिएको मोर्चाको सन्देश सभामा प्रदेशस्तरीय समाजवादी मोर्चामा चयन गरिएका समितिका सदस्यको नाम घोषणा गरिएको हो ।

नेकपा माओवादीका केन्द्रीय नेता बसन्त सीको नेतृत्वमा कमिटी घोषणा भएको हो । समाजवादी मोर्चामा आबद्ध दलबाट तीन÷तीन जना सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको हो ।

माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारु र सचिव कृष्ण अधिकारी रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीबाट पोलिटब्यूरो सदस्य वसन्त श्रेष्ठ तथा नारायण र सम्झना रहेका छन् ।