पाल्पा जीप दुर्घटना अपडेट : मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो
काठमाडौं । पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुंगाकी ५० वर्षीया मनकला चुँदारा, पोखराका ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेका रहेका छन् ।
गुल्मीको तम्घासबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको जीप रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा आज बिहान दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया