कोशी सरकार गठन विवाद : आज सुनुवाइ हुँदै
काठमाडौं । कोशी प्रदेश सरकार गठनको विवादमाथि आज सुनुवाइ हुँदैछ ।
कोशीमा उद्धव थापालाई मुख्यमन्त्रीमा प्राप्त विश्वासको मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै नीतिगत निर्णय नगर्न कोशी सरकारका नाममा ७ भदौमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।
थापाले प्राप्त गरेको विश्वासको मत बदरको माग गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । सर्वोच्चले अग्राधिकारसहित पूर्ण सुनुवाइका लागि १५ भदौको मिति तोकेको थियो ।
थापाले विश्वासको मत लिने दिन उक्त सभाका पालैपालो अध्यक्षता गरेका दुई प्रदेशसभा सदस्यले समेत थापाको पक्षमा मत दिएको भन्दै ती मत बदर हुनुपर्ने मागसहित कार्की सर्वोच्च पुगेका हुन् । सोही रिटमाथि शुक्रबार सुनुवाइ हुन लागेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया