कर्णालीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा शाहीलाई
काठमाडौं । कर्णाली प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाहीले पाएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्मा स्वीजरल्याण्ड भ्रमणमा गएपछि बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् ।
मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तरराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया