कोशी सरकारविरुद्धको रिट मल्ल र माथेमाको संयुक्त इजलासमा
काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाईका लागि आइतबार पेशी तोकिएको छ ।
उक्त रिट निवेदन न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ ।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दिएका थिए ।
उक्त रिटमा सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको भएपनि हेर्न नमिल्ने सूचीमा परेका हो । शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तोकिएको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो ।
यो मुद्दा शुक्रबार पनि खतिवडासहितकै इजलासमा पेसी तोकिए पछि ‘न्यायाधीश तिवडाल आफुले हेर्न नमिल्ने भएकाले अर्को सुनुवाइको मितिसम्म तोक्ने बताएका थिए ।
भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरेको व्यक्तीको समेत मत लिएका थिए । उक्त दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरी र गीता तिम्सिनाले गरेका थिए ।
उनीहरुले पालै पालो मत दिएका थिए । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ ।
ताजा अपडेट
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
प्रतिक्रिया