कोशी सरकारविरुद्ध परेको रिटमाथि पुर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतको पुर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।
पूर्ण इजलासमा अब कम्तीमा तीन न्यायाधीश रहने छन् । पूर्ण इजलासमा सोमबारदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।
उक्त रिटमा सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको भएपनि हेर्न नमिल्ने सूचीमा परेका थियो । शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तोकिएको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो ।
यो मुद्दा शुक्रबार पनि खतिवडासहितकै इजलासमा पेसी तोकिए पछि ‘न्यायाधीश तिवडाल आफुले हेर्न नमिल्ने भएकाले अर्को सुनुवाइको मितिसम्म तोक्ने बताएका थिए ।
भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरेको व्यक्तीको समेत मत लिएका थिए । उक्त दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरी र गीता तिम्सिनाले गरेका थिए ।
उनीहरुले पालै पालो मत दिएका थिए । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ ।
प्रतिक्रिया