‘हेलो सरकार’ पुनः सूचारु
काठमाडौं । ‘हेलो सरकार’ पुनः सूचारु भएको छ । ‘हेलो सरकार’ आजबाट २४ सै घण्टा सञ्चालन हुने छ ।
यसअघि दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको जनाइएको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेल्लो सरकारको शुभारम्भ गरे । हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ ।
गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।
त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया