१३ कम्पनी सरकारको कालोसूचीमा

काठमाडौं । सरकारले निर्माण तथा आपूर्तिसँग सम्बन्धित १३ कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसारको काम नगरेको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीलाई कालोसूचीमा राखेको हो ।
विभिन्न सरकारी निकायले कबोलअनुसारको काम नगरेको व्यहोरा उल्लेख गरी पठाएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम यी कम्पनीहरूलाई न्यूनतम एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा राखिएका कम्पनीहरूमा चुलीडाँडा निर्माण सेवा, इपिक कम्प्युटर्स ट्रेडर्स, मकर गणेश कन्स्ट्रक्सन प्रालि, गणपति कन्स्ट्रक्सन, बाबा इन्फ्रा प्रोजेक्ट, नव निर्माण कन्स्ट्रक्सन एण्ड विल्डर्स, युडी एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, तथ्या इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि, आज्ञा एण्ड कम्पनी प्रालि, पुतलीकाठ निर्माण सेवा प्रालि, जोशी विज्ञ हाउस प्रालि, शिवालय बिल्डर्स र अरबिन्द्र कन्स्ट्रक्सन छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया