भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई लगाइदिए मेडल
काठमाडौं । सोमबार एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच खेल भयो ।
पहिलो पटक एसिया कप खेलेको नेपाल भारतसँग दोस्रो खेलमा १० विकेटले पराजित भयो । तर पनि नेपालले सोमबार गरेको प्रदर्शनलाई लिएर सबैतिर प्रशंसा भइरहेको छ ।
नेपालले भारत विरुद्धविरुद्ध नेपालले गरेको आक्रामक ब्याटिङको चौतर्फी प्रशंसा भइरहेको छ । भारत विरुद्ध नेपालले २३० रन बनाएको थियो । वर्षाले प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पायो ।
भारतले विकेट नगुमाएर लक्ष पुरा गर्यो । उक्त खेलपछि भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिएका थिए । ड्रेसिङ रुममा गएर नेपाली टिमलाई मेडल लगाइदिएका हुन् ।
भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याट्सम्यान आसिफ शेख, दीपेन्द्र सिंह ऐरी र अलराउण्डर सोमपाल कामीलाई भारतीय खेलाडी र प्रशिक्षकलाई मेडल लगाइदिएको भिडियो क्यानले सामाजिक सञ्जाल फेशबुकमा राखेको छ ।
भारतका तर्फबाट स्टार ब्याटर विराट कोहलीले आसिफ शेख, हार्दिक पाण्ड्याले सोमपाल र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका हुन् । प्रशिक्षक मोन्टी देसाईले ह्याप्पी ड्रेसिङ रुमको अभ्यास गर्दै आएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया