काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान रिजालको निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि पाँच दिनअघि उनी ग्राण्डी अस्पताल भर्ना भएका थिए । त्यही उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो । अस्पताल प्रशासनले भाइरल निमोनियाबाट उनको निधन हुन पुगेको बताएको छ ।
यसअघि रिजालको मृत्यु डेंगु संक्रमणका कारण भएको समाचार सार्वजनिक भए पनि अस्पतालले त्यो सत्य नभएको स्पष्ट पारेको छ ।
रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसतर्फबाट उम्मेदवार बनेर वडा नं. १६ को वडाध्यक्षमा विजयी बनेका थिए । लामो समयदेखि राजनीतिमा क्रियाशील रिजाल कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का सभापतिसमेत थिए ।
धादिङको खनियाबासमा जन्मिएका दिवंगत रिजालका श्रीमती र २ छोरा छन् ।
हक्की स्वभावका रिजाल काठमाडौं महानगरपालिका कार्यपालिका बैठकमा मेयर बालेन शाहसँग बहसमा उत्रिएपछि चर्चामा आएका थिए ।
दिवंगत रिजालको आजै अन्त्येष्टि गर्ने तयारी परिवारले गरेका छन् । त्यसअघि अहिले बिहान ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राष्ट्रियसभा गृहमा राखिने भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया