‘बिग बोस १७’ मा ‘सिंगल’ भर्सेस ‘कपल्स’ थिम, देखिदैछन् यी जोडी
एजेन्सी । चर्चित भारतीय रियालिटी सो ‘बिग बोस १७ अक्टोबरबाट प्रशारणमा आउने भएको छ ।
यो पटक मेकर्सले ‘सिंगल’ भर्सेस ‘कपल्स’ थिममा आधारित रहेर शोको सञ्चालन गर्न लागेका छन् । भारतीय मिडियाका अनुसार यसका लागि निर्माताहरूले अहिलेसम्म ट्विंकल अरोरा, समर्थ जुरेल, इशा मालवीय, एलिस कौशिक, सुमेध मुद्गलकर, नील भट्ट, ऐश्वर्या शर्मा, अंकिता लोखंडे,विक्की जैन, लोकप्रिय युट्युबर सौरभ जोशी, अनुराग डोभाल, हर्ष बेनिवाल र कंवर ढिलोनसँग सम्पर्क गरेका छन्। यसपटक उनीहरू शोको हिस्सा बन्न सक्ने अनुमान गरिएको छ ।
रियालिटी शो ‘खतरों के खिलाडी’ को फिनालेको दोस्रो दिनदेखि नै बिग बोस सुरु हुने जनाइएको छ । अक्टोबर १५ मा यसको भव्य प्रिमियर गरिने भएको छ । सधै झै यो सिजन पनि सलमान खानले नै होस्ट गर्ने छन् ।
तर बिचमा भने सलमानले केही आफ्नो प्रोजेक्टको लागि ब्रेक लिने जनाइएको छ । सलमानले शोको प्रारम्भिक र अन्तिम केही एपिसोडहरू मात्र होस्ट गर्ने छन्। यसअघि बिग बोस ओटिटी २’ को ट्रफी युट्युवरका एल्विश यादवले जितेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया