खाद्य स्वच्छतासम्बन्धी विधेयकमा सुझाव दिन उपसमिति गठन

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य स्वच्छतासम्बन्धी विधेयकमाथि छलफल गरी सुझाव दिन नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद नवलकिशोर साह सुडीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको सभापति डा. आरजु राणा देउवाले जानकारी दिइन् ।
उपसमितिको सदस्यमा सांसदहरु वीरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, विजुला रायमाझी, मीना तामाङ, अशोककुमार चौधरी, अनिशा नेपाली र योगेन्द्र मण्डल रहेका छन् ।
उपसमितिले विधेयकका विषयमा छलफल गरी समितिलाई सुझाव दिनेछ । बैठकमा सांसदहरु अमृतलाल राजवंशी, रुपा सो शी चौधरी, विनिता कठायत, सरस्वती सुब्बा, डिल्लीराज पन्तलगायतले खाद्य स्वच्छता मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसलाई प्राथमिकता दिएर काम गरिनुपर्नेमा जोड दिएका थिए ।
विदेशबाट नेपालमा खाद्य सामग्री आयात गर्दा परीक्षण गर्ने यन्त्र नहुँदा रोगव्याध फैलिएर समस्या हुने गरेकाले सीमानाकामा परीक्षणको व्यवस्था गर्न विस्तृत छलफल गरी सरकारलाई निर्देशन दिनुपर्नेमा सांसदहरुले सभापतिको ध्यानाकर्षण गराएका थिए ।
सभापति राणाले विधेयक छिटो अघि बढाई यस्ता विषयमा ठोस काम गर्न कानुनी सुनिश्चितता गर्नकै लागि उपसमिति गठन गरिएको जानकारी गराइन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया