खाद्य स्वच्छतासम्बन्धी विधेयकमा सुझाव दिन उपसमिति गठन
काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य स्वच्छतासम्बन्धी विधेयकमाथि छलफल गरी सुझाव दिन नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद नवलकिशोर साह सुडीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको सभापति डा. आरजु राणा देउवाले जानकारी दिइन् ।
उपसमितिको सदस्यमा सांसदहरु वीरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, विजुला रायमाझी, मीना तामाङ, अशोककुमार चौधरी, अनिशा नेपाली र योगेन्द्र मण्डल रहेका छन् ।
उपसमितिले विधेयकका विषयमा छलफल गरी समितिलाई सुझाव दिनेछ । बैठकमा सांसदहरु अमृतलाल राजवंशी, रुपा सो शी चौधरी, विनिता कठायत, सरस्वती सुब्बा, डिल्लीराज पन्तलगायतले खाद्य स्वच्छता मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसलाई प्राथमिकता दिएर काम गरिनुपर्नेमा जोड दिएका थिए ।
विदेशबाट नेपालमा खाद्य सामग्री आयात गर्दा परीक्षण गर्ने यन्त्र नहुँदा रोगव्याध फैलिएर समस्या हुने गरेकाले सीमानाकामा परीक्षणको व्यवस्था गर्न विस्तृत छलफल गरी सरकारलाई निर्देशन दिनुपर्नेमा सांसदहरुले सभापतिको ध्यानाकर्षण गराएका थिए ।
सभापति राणाले विधेयक छिटो अघि बढाई यस्ता विषयमा ठोस काम गर्न कानुनी सुनिश्चितता गर्नकै लागि उपसमिति गठन गरिएको जानकारी गराइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया