मेस्सीको ६५ औँ फ्रिकिक, अर्जेन्टिनाको जित

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार विहान भएको इक्वेडरविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीले उत्कृष्ट गोल गर्दै टिमलाई विजयी सुरुवात गराए ।
अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गरेको हो । ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले ७८ औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए ।
इक्वेडरका काईसेडोले लौतारो मार्टिनेजलाई लडाएपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । उक्त अवसरलाई कप्तान मेस्सीले सदुपयोग गर्न सफल भए । योसँगै मेस्सीले फ्रिकिकमार्फत ६५ गोल गरेका छन् ।
मेस्सीको अन्तराष्ट्रिय फुटबलमा १०४ गोल पुगेको छ । शुक्रबार भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई पराजित गरेको छ भने, पराग्वे र पेरुले गोल रहित बराबरी खेलेका छन् ।
ताजा अपडेट
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
-
‘गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन’-सञ्चार मन्त्री गुरुङ
प्रतिक्रिया