स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लुटिओ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको उल्लेख गरेका छन् ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया