स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लुटिओ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया