बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा सातजनाको मृत्यु, २९ घाइते
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सातजनाको मृत्यु भएको र २९ जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगन्जतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस शुक्रबार राति सवा ९ बजे बिग्रेर रोकिराखेको ना४ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । बसमा ४१ यात्रु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बर्दियाका ठाकुरबाबा नगरपालिका– ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, अन्दाजी ४० वर्षीया जयन्ती थारू, वडा नम्बर ७ का ६५ वर्षीय साधुराम थारू, वडा नम्बर ८ का ४५ वर्षका जुगबहादुर चन्दको मृत्यु भएको हो । अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नामथर खुलेको छैन ।
घाइते २९ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । जसमध्ये दुईजनाको अवस्था गम्भीर छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया