साँफे-मार्तडी सडक अवरुद्ध
काठमाडौं । शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।
सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनको भनाई छ ।
लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए । पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया