NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

देउवाले भने- हामी बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेका छौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा आफुहरु हिँडिरहेको बताएका छन् ।

बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले बीपीको चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए ।

‘बीपी आफैमा बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजिनीति क्षेत्रमा सबैको अनुकरणीय बिचारक चिन्तक हुनुहुन्थ्यो भने, साहित्यमा सधै अजर–अमर नक्षेत्रकोरुपमा आज पनि स्थापित हुनुहुन्छ,’ उनले भने उहाँले देखाएको राजिनीतिक चिन्तनको मार्गमा हामी हिडेका छौँ ।’

त्यसक्रममा देउवाले बीपी सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउदै बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको पनि बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष