एसिया कप: ४ ओभर भित्रै श्रीलंकाका दुनिथले गरे रोहित, शुभमन र विराटलाई आउट

काठमाडौं । एसिया कप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा भारतले ३ विकेट गुमाएको छ ।
श्रीलंकाका बायाँ हाते बलर दुनिथ वेललागेले भारतका ओपनर ब्याट्सम्यान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीलाई आउट गरेका हुन् । उनले आफुले बलिङ गरेको ४ ओभर भित्रै ३ विकेट लिएका हुन् ।
११ औँ ओभरमा बलिङ गर्न आएका दुनिथले पहिलो बलमै गिललाई आउट गरेका थिए । त्यसपछि खेलको १३ औँ ओभरको अन्तिम बलमा कोहलीलाई आउट गरेका थिए ।
लगत्तै दुनिथले १५ औँ ओभरको पहिलो बलमै कप्तान रोहित शर्मालाई आउट गरे । रोहित र शुभमनलाई बोल्ड गराएका दुनिथले कोहलीलाई भने दासुन शानकाबाट क्याच आउट गराए । स्पिनर दुनिथ २० वर्षीय हुन् ।
आजको खेलमा रोहितले ४८ बल खेल्दै ५३ रन जोडे । शुभमन गिलले २५ बलमा १९ तथा बिराटले १२ बलमा ३ रन मात्रै बनाए । श्रीलंकाको प्रेमदासा रंगशाला जारी खेलमा भारतले १७ ओभरको खेलमा ३ विकेट गुमाएर ९८ रन जोडेको छ ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया