एसिया कप: ४ ओभर भित्रै श्रीलंकाका दुनिथले गरे रोहित, शुभमन र विराटलाई आउट
काठमाडौं । एसिया कप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा भारतले ३ विकेट गुमाएको छ ।
श्रीलंकाका बायाँ हाते बलर दुनिथ वेललागेले भारतका ओपनर ब्याट्सम्यान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीलाई आउट गरेका हुन् । उनले आफुले बलिङ गरेको ४ ओभर भित्रै ३ विकेट लिएका हुन् ।
११ औँ ओभरमा बलिङ गर्न आएका दुनिथले पहिलो बलमै गिललाई आउट गरेका थिए । त्यसपछि खेलको १३ औँ ओभरको अन्तिम बलमा कोहलीलाई आउट गरेका थिए ।
लगत्तै दुनिथले १५ औँ ओभरको पहिलो बलमै कप्तान रोहित शर्मालाई आउट गरे । रोहित र शुभमनलाई बोल्ड गराएका दुनिथले कोहलीलाई भने दासुन शानकाबाट क्याच आउट गराए । स्पिनर दुनिथ २० वर्षीय हुन् ।
आजको खेलमा रोहितले ४८ बल खेल्दै ५३ रन जोडे । शुभमन गिलले २५ बलमा १९ तथा बिराटले १२ बलमा ३ रन मात्रै बनाए । श्रीलंकाको प्रेमदासा रंगशाला जारी खेलमा भारतले १७ ओभरको खेलमा ३ विकेट गुमाएर ९८ रन जोडेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया