नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ बिहीबार बिहान ११ बजे गर्ने निर्णय गरेको हो। सरकारले नेम्वाङको अन्त्येष्टिका दिन शोक बिदा दिनेसमेत निर्णय गरेको छ।
बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि नेपाल आइपुग्दै छन् भने कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौँ आपुग्ने जनाइएकाे छ। छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रहका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यलय च्यासलमा राखिने छ ।
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया