नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ बिहीबार बिहान ११ बजे गर्ने निर्णय गरेको हो। सरकारले नेम्वाङको अन्त्येष्टिका दिन शोक बिदा दिनेसमेत निर्णय गरेको छ।
बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि नेपाल आइपुग्दै छन् भने कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौँ आपुग्ने जनाइएकाे छ। छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रहका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यलय च्यासलमा राखिने छ ।
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया