च्यासलमा शीर्ष नेताहरूले दिए नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ ।
च्यासलस्थित मुख्यालयमा राखिएको उनको पार्थिव शरीरमा राजनीतिक दलका शिर्ष नेता, सरकारका मन्त्री लगायतले अन्तिम श्रद्धाञ्जली दिए । उनलाई श्रद्धाञ्जली दिन त्यहाँ नेताहरूको बाक्लो उपस्थिति देखियो ।
नेम्वाङको शव पार्टी कार्यालयमा भोली दिउँसोसम्म राखिनेछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका थिए ।


















प्रतिक्रिया