काठमाडौंका टोले गुन्डा पक्राउ

काठमाडौं । गुन्डागर्दीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं–३२ का सुरजकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
गत २० भदौमा उनले एक व्यक्तिलाई काँडाघारीस्थित घरजग्गा कारोवार तथा ड्राइभिङ्ग सेन्टर संचालन गर्ने कार्यालयमा बन्धक बनाइ कुटपिट गरेका थिए । ज्यान मार्ने धम्की दिई उनले २० लाखको चेक तथा आठ लाख ५० हजारको कागज गराउन लगाएका थिए । सोही घटनाका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको एसपी रबिन्द्र रेग्मीले बताए । उनलाई अराधिक लाभसम्बन्धि कसुरमा प्रहरीले कारबाही अघि बढाएको छ । सो घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको प्रहरीले जनाएकोछ ।
पक्राउ परेका श्रेष्ठ यसअघि बलात्कार मुद्दामा पाँच वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया