सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ असोज १ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ ।
सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको र सोही दिन वा सोही दिनबाट ‘हेर्दाहेर्दै’मा राखेर मुद्दाको अन्तिम सुनुवाइ हुने भएको हो ।
नाबालिका बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले भदौ २१ गते पीडित परिवारको बसाइँसराइको कागजात माग गरेको थियो ।
पीडितको परिवार २०६९ सालमा काठमाडौंको एउटा पालिकाबाट अर्को जिल्ला सरेको भन्दै न्यायाधीश शकुन्तला कार्कीको इजलासले भदौ २५ गतेभित्र बसाइँसराइको सक्कल प्रति झिकाउन आदेश दिएको थियो। स्थानीय तहबाट कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो ।
लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। सो मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया