NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ असोज १ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ ।

सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको र सोही दिन वा सोही दिनबाट ‘हेर्दाहेर्दै’मा राखेर मुद्दाको अन्तिम सुनुवाइ हुने भएको हो ।

नाबालिका बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले भदौ २१ गते पीडित परिवारको बसाइँसराइको कागजात माग गरेको थियो ।

पीडितको परिवार २०६९ सालमा काठमाडौंको एउटा पालिकाबाट अर्को जिल्ला सरेको भन्दै न्यायाधीश शकुन्तला कार्कीको इजलासले भदौ २५ गतेभित्र बसाइँसराइको सक्कल प्रति झिकाउन आदेश दिएको थियो। स्थानीय तहबाट कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो ।

लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। सो मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष