तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
तनहुँ । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
व्यास–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया बुद्धिमाया दरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दमौलीबाट दुईपिप्लेतर्फ जाँदै गरेको ग २० प २१४३ नं को स्कुटरले बाटोमा हिँडिरहेकी दरैलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दरैको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।
यसैगरी शुक्लागण्डकी–१० मिनामखानीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेशबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ग २ च ८२०१ नं को बोलेरो जिप सोही ठाउँमा मलको खाल्डोमा पल्टिदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया