पशुपतिमा सुवास नेम्वाङको अन्तिम बिदाइ

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।
उनको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।
नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको थियो । शवयात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी भए ।
नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । नेम्वाङको अन्त्येष्टिका दिन आज सार्वजनिक बिदा पनि दिइएको छ ।
पुर्वसभामुखसमेत रहेका नेम्वाङको ७१ बर्षको उमेरमा सोमबार राती हृदयघातका कारण निधन भएको थियो ।
प्रतिक्रिया