श्रीलंका र पाकिस्तान भिड्दै, बर्षाका कारण खेल रद्द भए श्रीलंकालाई फाइदा
काठमाडौं । एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै छन् । फाइनलमा स्थान बनाउनका लागि यी दुई टोली खेल्न लागेका हुन् ।
यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ ।
एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १-१ खेलमा जित दर्ता गरेका छन् । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए ।
दुवै टोली भारतसँग पराजित भएका थिए । खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् । भारतले भने, एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ ।
यस खेलमा विजेता बन्ने टोलीले फाइनलमा स्थान बनाउँने छ । तर, वर्षाका कारण खेल रद्द भएमा श्रीलंका रनरेटमा अघि रहेकाले फाइनलमा स्थान बनाउँने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया