श्रीलंका र पाकिस्तान भिड्दै, बर्षाका कारण खेल रद्द भए श्रीलंकालाई फाइदा

काठमाडौं । एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै छन् । फाइनलमा स्थान बनाउनका लागि यी दुई टोली खेल्न लागेका हुन् ।
यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ ।
एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १-१ खेलमा जित दर्ता गरेका छन् । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए ।
दुवै टोली भारतसँग पराजित भएका थिए । खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् । भारतले भने, एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ ।
यस खेलमा विजेता बन्ने टोलीले फाइनलमा स्थान बनाउँने छ । तर, वर्षाका कारण खेल रद्द भएमा श्रीलंका रनरेटमा अघि रहेकाले फाइनलमा स्थान बनाउँने छ ।
ताजा अपडेट
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
प्रतिक्रिया