‘द भ्वाइस अफ नेपाल’: राजु र प्रविशा आउट, उदय र मिलन इन
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजनमा २ जना कोच हेरफेर गरिएको छ ।
प्रसारणको संघारमा रहेको ५ औँ सिजनमा यसअघिका २ जना कोच हेरफेर गरिएका छन् । आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शोमा गायिका प्रविशा अधिकारी र गायक राजु लामा कोचकारुपमा सहभागि हुने छैनन् ।
शोमा गायक प्रमोद खरेल र राजेशपायल राईले भने निरन्तरता पाएका छन् । खरेल अघिल्ला चार सिजनदेखि निरन्तर कोच रहँदै आएका छन् ।
राजेशपायल भने चौथो सिजनबाट कोचका रुपमा जोडिएका थिए । प्रविशा र राजुको स्थानमा गायिका मिलन नेवार र उदय सोताङ कोचका रुपमा अनुबन्धित भएका छन् ।
‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजनका लागि प्रायोजकसँग सम्झौता भइसकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया