इजिप्टलाई पेनाल्टीमा पाखा लगाउँदै सेनेगल विश्वकपमा, पाँचै टोलीको टुंगो लाग्यो
काठमाडौं । इजिप्टलाई पेनाल्टीमा पाखा लगाउँदै सेनेगल कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
विश्वकपको अफ्रिकी छनोटअन्तर्गत गएराति भएको प्ले अफको दोस्रो लेगमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै घरेलु टोली सेनेगल विश्वकपमा छनोट भएको हो ।
खेलमा बोउलाए डियाले तेस्रो मिनेटमा गोल गर्दै सेनेगललाई १–० को जित दिलाएका थिए ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा इजिप्टले १–० को जित निकालेको थियो । यसर्थ, समग्रमा खेल १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको हो ।
पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा र इस्माइला सारले गोल गरे ।
इजिप्टका अमर इल सोलियाले मात्र गोल गरे । तर, स्टार खेलाडी मोहम्मद सलाह, मोस्ताफा मोहम्मद र अहमेद सायद पेनाल्टीमा चुके ।

गएराति नै भएका अन्य प्ले अफ खेलमा क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विजयी हुँदै अफ्रिका क्षेत्रबाट विश्वकपमा छनोट भएका छन् ।
क्यामरुनले अल्जेरियालाई अवे गोलका आधारमा हराउँदै विश्वकपमा प्रवेश गरेको हो भने घानाले पनि नाइजेरियालाई अवे गोलकै आधारमा पाखा लगाउन सफल भयो ।
पहिलो लेगमा घरेलु मैदानमा १–० ले पछि परेको क्यामरुन अवे मैदानमा २–१ को नतिजा निकाल्न सफल भयो ।
यस्तै, घाना पनि घरेलु मैदानमा नाइजेरियासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर अवे मैदानमा १–१ को बराबरी गरेपछि विश्वकपमा छानिएको हो ।
यसैगरी मोरक्कोले भने घरेलु मैदानमा भएको दोस्रो लेगमा गणतन्त्र कंगोलाई ४–१ ले पाखा लगाउँदै विश्वकपमा छनोट भएको हो । यसअघि यी दुई बीचको पहिलो लेग १–१ को बराबरमिा रोकिएको थियो । मोरक्कोले समग्रमा ५–२ को नतिजा निकाल्यो ।
ट्युनिसिया भने घरेलु मैदानमा मालीसँग गोलरहित बराबरी खेल्नका बाबजुद विश्वकपमा छनोट भएको छ । यसअघिको अवे खेल मोरक्कोले १–० ले जितेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया