एसिया कप: भारत र बंगलादेशबीच खेल जारी, ५ ओभरभित्रै भारतले लियो ३ विकेट
काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको अर्थहिन खेलमा बंगलादेशले खराब सुरुवात गरेको छ ।
श्रीलंकाको आर प्रेमदसा रंगशालामा भारतले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दिएको हो । ५ ओभरको खेल खेल्दै गर्दा बंगलादेशले ३ विकेटको नोक्सानी ब्यहोर्नु परेको छ ।
भारतीय बलरसामु बंगलादेशी ब्याट्सम्यान निरिह बनेका छन् । खेलको दोस्रो ओभरको पहिलो बलमै ओपनर ब्याट्सम्यान लिट्टन दास बिना रन आउट भए । उनलाई मोहम्मद शामीले बोल्ड गराएका हुन् ।
लगत्तै तेस्रो ओभरमा पनि बंगलादेशले एक विकेट गुमाउनु पर्यो । बंगलादेशले दोस्रो विकेटकारुपमा तान्जित हसन तामिमलाई गुमायाे ।उनलाई शार्दुल नरेन्द्र ठाकुरले बोल्ड गराए ।
तान्जितले १२ बल खेल्दै १३ रन बनाए । त्यसपछि ५ औँ ओभरको चौँथो बलमा मोहम्मद इनमुल हक विजयलाई ठाकुरले केएल राउलबाट क्याच आउट गराए । उनले ११ बल खेल्दै ४ रन जोडेका थिए ।
अहिले १२ औ ओभरको खेल चलिरहेको छ । बांगलादेशले ३ विकेटको क्षतीमा ५८ रन जोडेको छ । बंगलादेशको खेलमा केहि सुधार भने आएको छ । अहिले क्रिजमा छन्, मेहदी हसन मिराज र शकिब अल हसन ।
भारत जारी प्रतियोगिताको फाइन पुगिसकेको टोली हो । बंगलादेश एसिया कपबाट बाहिरिसकेको छ । यसर्थ, यो खेल जसले जिते पनि यसको प्रतियोगिताका खासै अर्थ राख्दैन ।
यद्यपि, प्रतिष्ठाको लडाइँको रुपका यो खेल हेरिएको छ । अर्थहीन खेल भएपनि भारत बंगलादेशमाथि वर्चश्व कायम राख्न शतप्रतिशत जीतकै खोजीमा हुनेछ । अर्कोतिर बंगलादेश भने बलियो भारतलाई हराउँदै अप्रत्यासित नतिजा निकाल्न चाहन्छ ।
प्रतियोगिताको फाइनल खेल आइतवार भारत र श्रीलंकाबीच हुनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया